|

काठमाडौं : ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ४८ दशमलब २ प्रतिशत मत प्राप्त गरे। 

राष्ट्रपतिका अर्का उम्मेदवार वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई ४३ दशमलब ४ प्रतिशत मत प्राप्त भएको छ। राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा ५० प्रतिशत मत हासिल गर्नुपर्नेछ। 

यसका लागि यी दुई उम्मेदवारबीच आगामी ३० अक्टोबरमा दोस्रो चरणको भिडन्त हुने भएको छ। १५ करोड मतदाता रहेको ब्राजिलमा राष्ट्रपतिका दुवै प्रत्यासीले निर्वाचन जित्न निकै ठूलो प्रयास गरिरहेका छन्। 

बिहीबार भएको टेलिभिजन बहसमा राष्ट्रपति बोल्सोनारोले भ्रष्टाचार आरोपमा दोषी ठहरिएपछि जेल बसेर फेरि चुनावी मैदानमा आएका लुलालाई पूर्व कैदी र देशद्रोही भएको आरोप लगाएका थिए। 

बहसमासँगै बसेका लुलाले बोल्सोनारोको आरोपलाई झुटको संज्ञा दिएका थिए। लुला सन् २०१८ को चुनावमा जेलमा भएका कारण भिड्न पाएका थिएनन्। बोल्सोनारो भने कोरोना महामारी नियन्त्रणमा असफल भएको भन्दै आलोचित हुनु परेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.