|

धनगढी :  पाँच वर्षको कार्यकाल सकिएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दशैं खर्च बुझेका छन्। चाडपर्व खर्च अन्तर्गत सुदूरपश्चिमका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दशैं खर्च बुझेका हुन्।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार गत असोज १३ गते प्रदेश सभा सदस्यहरू तथा पदाधिकारीहरूको खातामा एक महिनाको तलव बराबरको दशैं खर्च पठाइएको हो।

 सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले ६४ हजार, उपसभामुख निर्मला बडाल जोशी र विपक्षी दलका नेता प्रकाश शाहले ५९ हजार ५ सय, विषयगत समितिका सभापति हर्क कुँवर, नेपालु चौधरी, कुमारीनन्दा बम, कुन्ती जोशी र सत्ता पक्षीय प्रमुख सचेतक दुर्गा विकले प्रतिव्यक्ति ५७ हजार ५ सयका दरले दशैं खर्च बुझेका हुन्।

 दुर्गा केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरिसकेकी थिइन्। तर उनले पुरानै दलबाट दशैं खर्च लिएकी छिन्। विपक्षी दलका प्रमुख सचेतक लिलाधर भट्ट, सत्ता पक्षीय सचेतक अक्कल रावल र अम्बी थापाले पनि ५७ हजार बुझेका छन्।

यी बाहेक प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बरारबको ५६ हजार ५ सय बुझेका छन्। प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारी मनोननयनको प्रक्रियासँगै प्रदेश सभा सदस्यहरूको पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

सोही आधारमा बन्दसूची पेस भएको असोज २ को अघिल्लो दिन १ गते रातिदेखि उनीहरू पदमुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.