|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्न विश्वका सबै देशलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव गुटरेसले सो कुरा बताएका हुन्। उनले भने‚ 'अहिले विश्वमा जलवायु परिवर्तनका कारण विभिन्न देशहरुमा ठूलो समस्या देखा परिरहेका छन्, त्यसैले सबै देशहरुले र विशेषगरी जी-२० का सदस्य राष्ट्रहरुले यस विषयमा ध्यान दिनुपर्छ।'

संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलन कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको बताउँदै ती एजेण्डामा जलवायु परिवर्तनलाई प्राथमिकतामा राख्न उनले आग्रह गरेका हुन्।

इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर ६ देखि १८ तारिखसम्म विश्व जलवायुसम्बन्धी सम्मेलन कोप २७ हुने भएको छ। सो सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तनसम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ।

राष्ट्रसंघले यसअघि पनि विश्वका आफ्ना सदस्य देशहरुलाई जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा आ–आफ्ना देशका बजेट एवं नीति तथा कार्यक्रमहरु प्राथमिकताका साथ निर्माण गर्न आग्रह गरिरहेको थियो।

आगामी यस विश्व सम्मेलनमा पनि यसै विषयमा राष्ट्रसंघले सदस्य देशहरुलाई आग्रह गर्ने भएको पनि समाचारमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.