|

काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गर्न सकेको छैन्। 

केहीबेर अघि काठमाडौं अवतरण गर्नुपर्ने विमान मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाइरहेको छ।  कतार एअरवेजको ६४८  नम्बरको उडानमार्फत उनि काठमाडौं आएका छन्। काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको छ। 

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्। प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ। सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिने र त्यसपछि अनुसन्धानको थालिने प्रहरीको भनाइ छ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

सन्दीपले समर्थन, विश्वास, विश्वास र आलोचनात्मक टिप्पणीहरूलाई आफ्नो सम्पत्ति, प्रेरणा र शक्तिको रूपमा लिएको बताएका छन्। उनले आफू षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको भन्दै नेपालको कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा  विश्वस्त रहेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.