|

काठमाडौं : पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ।

बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार भएको छ।

बुधबार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। जसमा  वित्त उपसमूहको परिसूचक २.६७ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत बढेको छ।

बुधबार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एभरेष्ट बैंकको ऋणपत्रको मूल्य ९.८३ प्रतिशत घटेको छ।

बुधबार नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.