|

काठमाडौं : वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई किष्ट अस्पतालमा परिवार तथा आफन्तहरुले श्रद्धाञ्जली दिँदै छन्। अबको कही छिनमै उनको पार्थिव शरिरलाई ललितपुर महानगरमा राखिने भएको छ। ललितपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिने र फेरि किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ।

अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने अस्पतालले जनाएकाे छ। जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा  निधन भएको हो। शताब्दी पुरुष जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्‍याएका छन्। उनले तीनपटक प्रसिद्ध मदन पुरस्कार प्राप्त गरेका थिए। जोशीले मृत्युपश्चातका लागि शरीर दान गरिसकेका हुनाले उनको अन्तिम दाहसंस्कार भने गरिने छैन। अध्ययन र अनुसन्धानका लागि उनको शव अस्पतालमै राखिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.