राज्‍यले सधैँ सौतेनी व्यवहार गरेको जुम्लावासीको गुनासो

|

जुम्ला  : जुम्लासहित कर्णाली  यतिवेला विपद्का कारण शोकमा डुबेको छ। कतिजनाको घर भत्किएर ज्यान गएको छ। भने कति जना पहिरोमा  परेर ज्यान गुमाएका छन्। पहिरोकै कारण कर्णाली राजमार्गको ठाउँ–ठाउँमा अवरुद्ध छ।

बाटो बन्द हुँदा दसैँ मनाउन जुम्ला पुगेका जुम्ली जनताले आफ्नो कर्मथलो तर्फ फर्किन पाएका छैनन्। यसको फाइदा  जहाजवालाले लिएका छन्। त्यो पनि ठूलाबडाको पहुँचमा छ।

सार्वसारणले त टिकट  पाउन सकेका छैनन्। टिकट पाएनौँ भनेर भिड, कहिले जिल्ला प्रशासन कार्यालय अगाडि त  कहिले जुम्ला एयरपोर्टको बाहिर  लाग्ने गरेको छ।

केही भिड निजी एयरलाइन्सका स्टेसन म्यानेजरहरूको घरतिर लागेको पान्इछ। त्यही कारण कालोबजारी गर्ने सोचमा एयरलाइन्सका ऐजेन्टहरु लागे।

एकहप्ता अगाडिको कुरा हो। नेपालगञ्जबाट भरिभराउ यात्रु ल्याउँदा पनि एकतर्फ यात्रुमात्रै छन् भन्दै चार्टर्ड उडान गरेर जसको भाडा  प्रतिव्‍यक्ति १४ हजारसम्म तिराए।

त्यही १४ हजार तिरेर सर्वसाधरण जान नपाएपछि जब भिड टिकटकै लागि जिल्ला प्रशासन कार्यालयतर्फ मोडियो।

जुम्ली जनताको पीडा

यहाँका जनतालाई विमानको टिकट नपाएर सास्ती छ। प्लेन टिकटकै लागि एक हप्तादेखि  विमानस्थल धाउँदै आएका माधव चौलागाईं भन्छन्, 'यही गएको शुक्रबारसम्म खेलाडी र जाँच दिने विद्यार्थीलाई प्राथमिकता दिने भनेर प्रशासनले  नाम लिष्ट बनायर प्लेन टिकट बाँड्ने जिम्मा लियो। तर, शनिबार यौटा पनि प्लेन आएन।'

आइतबार “समीट एअर” आयो। आफूजस्तै एक हप्तादेखि टिकटको पर्खाईमा रहेका  यात्रुको कुनै वास्ता नगरी प्रशासनबाटै  सरकारी गाडीले फटाफट आफ्ना यात्री ओसारेर पठाएको उनले बताए।

चौलागाईंका अनुसार  विद्यार्थी बिरामी पठाउँछु भन्दै आदर्श गफ गर्ने  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसारीले नै आइतबार आफ्नै परिवारलाई सुरक्षामाझ सुटुक्क पठाएका हुन्।


टिकट कुर्दै बसेका चौलागाईंले  भने, 'प्रहरी र सशस्त्र बलका प्रमुखले पनि आफ्ना मान्छे पठाउने गर्छन्। विगत १२ दिनदेखि जुम्लामा अड्किएर बसेका, दिनदिनै एअरपोर्ट र प्रशासन धाइरहेका ३ जना भारतीय पर्यटकले बोर्डिंग पास लिएर उड्ने प्रतीक्षामा रहेका  फर्काइएका छन्।'

टिकट  नपाएका यात्रु आक्रोश भएका यात्रुलाई  भने पुलिसले दिनभर पटक पटक धरपकड गर्ने गरेको पीडितहरू बताउँछन्।

सुरक्षाकर्मीहरूको ज्यादती

सुरक्षाकर्मीहरुले पनि सुरक्षा कडा गरेर एयरपोर्टभित्र टिकटको लागि जान नदिँदा समस्या परेका धेरै मारमा परेका छन्। उनीहरु अस्पतालबाट रेफर गरेका बिरामी, रोजगारीको लागी विदेश जाने नागरिकहरु हुन्।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले हिमा गाउँपालिका राहत पुर्‍याउन आएको  नेपाली सेनाको हेलिकप्टरलाई  अनुरोध गरी विद्यार्थी पठाइएको छ।

प्रशासनले कुनै पनि आफ्नो कर्मचारी पठाएको छैन। प्रशासनको काम  हवाईजहाज थपको लागि अनुरोध गर्ने हो।  टिकट बाँड्ने होइन।

जुम्लाको लागि दैनिक एउटा मात्र जहाज

जुम्लाको लागि दैनिक एउटा मात्र जहाजको एउटा मात्र उडान भएको र त्यो उडानमा पनि ठूलाबडा आफ्ना आफन्त आसेपासेहरूले मात्र टिकट पाउने गरेका छन्। बाँकी रहेको टिकट कहिले प्रशासन त कहिले एयरपोर्टको टावर त कहिले एयरलाइन्सका कर्मचारी त कहिले ट्राभल एजेन्सी चलाउँछु भन्ने भनाउँदा दलालहरुले आफ्ना आफन्तहरुलाई मात्र जहाजको टिकट दिने गरेको पीडित बताउँछन्।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख  सन्तोष अधिकारी सरकारले जहाज थप्नुपर्ने बताउँछन्। 'जहाज छैन कसरी जुम्ला आउँछ?' उनले प्रश्‍न गर्दै भने।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोवर महिनाको १५ दिनमा  समिट एयरले  सातवटा  उडान भरेको छ। जसमा चारवटा नियमित र तीनवटा चार्टर्ड उडान गरेको छ।

त्यस्तै, तारा एयरले  चारवटा उडान भरेको छ जसमा एक चार्टर्ड  उडान गरेको छ। नेपाल एयरलाइन्सले एकवटा उडान मात्रै गरेको छ।

सुर्खेतदेखि यात्रु  भए पनि एकतर्फी मात्रै हुने र सञ्चलान खर्च धान्न नसक्ने भन्दै जुम्लामा सञ्चालन हुने  हवाइजाहज चार्टर्ड उडानको टिकट बिक्री गरिरेहका हुन्छन्।

जुम्लाका नागरिक पटकपटक  नियमित हुँदा वा नहुँदा उडानमा दोब्बरभन्दा बढी भाडा तिर्दै आएका छन्। यसका लागि पर्यटन मन्त्रालयले आवश्यक अनुगमन गरेर सम्बन्धित वायुसेवालाई जानकारी गराएको देखिँदैन।

जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौ सय  छ। तर, चार्टर्ड उडानका लागि १४ हजार तिर्ने गरेका छन्।  त्यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैयाँ लिँदै आएको छ।

कहिले अन्त होला दबाबमा टिकट बाँड्ने प्रथा?

एयरपोर्ट भित्रैबाट फोनको दबाबमा टिकट बाँड्ने चिने जानेका ठूला वडा आफ्ना आफन्तहरुलाई मात्र एयरपोर्टभित्र बोलाउने र टिकटको लिस्ट तयार पार्नेजस्ता विकृतिहरु लामो समयदेखि चलिआएको छ।

त्यसलाई निरन्तरताका लागि नागरिक उड्डयन प्राधिकरण जुम्लामा आएका  प्रमुख हरुको पनि मिलेमतो चल्ने गरेको पीडितहरूको आरोप छ।

केही सर्वसाधारणले टिकट नपाएर आक्रोश व्‍यक्त गर्न खोज्नेबित्तिकै नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख  सन्तोष अधिकरी यहाँ ढुङ्गामुढा हुँदैछ, भनेर माथि रिपोर्ट गर्दछन्।  तर त्यो गलत रिर्पोट गरेर झन् कालोबजारी मौलाउने तर्फमा टावरको प्रमुखको जोड भएको देखिन्छ।

उनको त्यो रिपोर्टले अरू ठाउँमा फ्लाइट नभए पनि जुम्ला आउने जहाजसमेत रोकिदिन्छन्। प्रजिअको अनुरोधमा  सुरक्षा निकायको बाक्लो घेरामा प्लेन बस्छ। यात्रुलाई अत्याइन्छ। तितीहरूका करणले जहाज आएन  भनेर। उनीहरु फेरि हामी जति पनि पैसा तिर्छौ बाहिर हल्ला गर्दैनौँ भनेर  सहमती गर्न बाध्य छन्।

 टिकटमा भागबन्डा चल्छ

 टिकट नागरिकले नपाएको विषयमा विवाद चलेपछि जुम्ला विमानस्थलमा नयाँ टिकट प्रणाली  लागू गरिने भनिएको छ। नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधिहरु, स्थानीय अगुवा यूवा बसेर ११ टिकट बाहिर बाँड्ने सहमति  गरिएको छ।

त्यो कार्यान्वयन  हुन्छ या हुँदैन हेर्न बाँकी छ। पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाइन लगाएर ११ टिकटको दरले सातवटा उडानको रकमसमेत उठाइएको छ।

त्यस्तै, नागरिक समाजका जुम्ला अध्यक्ष राजबहादुर महत भन्छन्  टिकट नागरिकले बाहिर नपाउने चर्को आलोचना पछि सहमति गरेर अबदेखि ११ टिकट नागरिकलाई लाइन लगाएर बाँडने सहमति भएको छ।


अन्य २ वटा टिकट बिरामी, २ वटा सरकारी सिट तथा विदेशी पर्यटकलाई प्राथमिकता दिनेगरी एयरलाइन्स एजेन्टहरु पनि सहमत भएका हुन्। ७७ जना लाइनमा लागेका नागरिकलाई पहिलो चरणमा ११ जनाका दरले टिकट सुनिश्चित गर्न रकम उठाई सम्बन्धित निकायलाई बुझाइएको छ।

विमानस्थलमा लाइन लागेका नागरिकको लिष्टअनुसार प्राथमिकताको आधारमा ७ वटा फ्लाइटका लागि नागरिकको नामलिष्ट गरिएको हो।

अन्य २ जना बिरामी, दुई सरकारी सिट अन्य इमरजेन्सी एयरलाइन्सले आफैँ कार्यान्वयन गर्ने भएको छ। विमानस्थलमा अघिल्लो चरणमा परीक्षा दिने विद्यार्थी, लोकसेवा, विदेश जाने नगारिकलाई पठाई सकिएपछि बाँकी विद्यार्थी, कर्मचारी र अन्य नागरिकका लागि बाहिरै लाइन लगाएर टिकट दिने भनिएको छ।

राज्यको सौतेनी व्यवहारमा कर्णाली

विकट कर्णालीलाई परापूर्व कालदेखि राज्यले र नेताहरुले त हेपाहा र सौतेनी व्यवहार गरेको जुम्लाबासीको गुनासो छ। उनीहरुले मिडियाले समेत  कसैले खाएको, हिँडेको, नाचेको, बोलेको, भाषण, भ्रमणमा गएको हेडलाइन बनाएर समाचार प्रसारण गर्ने सञ्चार माध्यम र पत्रकारहरु कर्णालीलाई समस्या पर्दा, बाढीपहिरोले तहस नहस गरी भयावह स्थित आउँदा पनि चुपचाप लागि बसिरहेको आरोपसमेत लगाएका छन्।

त्यस्तै, जिल्ला समन्वय प्रमुख  गौरीनन्द आचार्य भन्छन्, त्यस्तो विषम परिस्थितिमा कर्णालीतिर केन्द्रीय र प्रदेश सरकारको साथै विभिन्न मन्त्री र नेताहरुको जतिसक्दो चाँडो ध्यान जानुपर्ने हो।

जुम्लाको विपद् व्‍यवस्थापन समितिले तीन पालिकालाई संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ। तर, बाढी पहिरोले क्षति पुर्‍याएका जनताहरुलाई राहतको बेवास्ता जतिसक्दो चाँडो  गर्नुपर्ने हो। कर्णाली राजमार्ग खुलाउने काम सरकारले जतिसक्दो चाँडो  गर्नु पर्ने यसमा खासै ध्यान गरेको पाइँदैन।

एजेन्ट हटाएर अनलाइन टिकट प्रणाली गर्न माग  

जुम्लामा समयदेखि नै यी हवाई सेवा प्रदायकको टिकट बुकिङ काण्टरबाट नभई  एजेन्टका  गोजी र फोनमार्फत हुँदा नागरिकले सास्ती पाएका छन्।

निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएका हुन्। एजेन्टलाई हटाएर अनलाइन बुकिङ   प्रर्णाली लागू गर्न जुम्लाबासीले माग गरेका छन्।

एजेन्टमार्फत टिकट वितरण हुने हुँदा यात्रुले महँगो रकम तिर्नु परिरहेको छ। यो समस्या भए पनि समाधान गर्नतर्फ कुनै पनि निकाय वा राजनीतिक दलले अग्रसरता देखाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.