|

काठमाडौं : उपत्यकाको मौसम खुलेसँगै यहाँबाट चाँदीजस्तै टलक्कै टल्केका सेता हिमालहरूको रमाइलो दृश्य देखिएको छ। उपत्यकाबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिम शृङ्खला, जुगल दोर्जे लाक्पा, रोल्वालिङ हिम शृङ्खला तथा र गौरीशंकर हिमालका दृश्यहरु अहिले छर्लङ्गै देखिएका छन्।

दशैँसम्म झरी परिरहेको मौसम केही दिनअघिदेखि मात्र खुलेको हो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको संघारमा खुलेको मौसमले दृश्य मनमोहक बनाएको छ।

नेपालबाट केहीदिन अघिमात्र मौसमसमेत बहिरिसकेको छ। गर्मी मौसम सकिएर अब विस्तारै चिसो मौसम सुरु भइसकेको छ। जाडो मौसममा हिमशृंखलामा परेको हिउँ र टलक्कै टल्केको हिमालको दृश्यले जो कोहीको मन मोहित पार्दछ।

भक्तपुरको कटुन्जे हाइटबाट देखिएको हिमालका केही दृश्य झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.