|

काठमाडौं : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ।

सोमबार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमवार कारोबार रकम समेत घटेको छ। आइतबार ८० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

सोमवार नेप्से परिसूचक घटे पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, आइतबारबाट कारोबारमा आएको  पिपुल्स पावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशत घटेको छ। आज नबिल बैंकले २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.