|

ललितपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनको विकासबाट विश्वले नै सिक्नुपर्ने बताएका छन्।

बिहीबार बिहान आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै उसको विकासबाट पाठ सिक्नुपर्ने बताए।

उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको धारणा राखे। उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे। मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोगको प्रशंसा गरे। 

‘नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको छ’, उनले भने, ‘जनस्तरमा भएको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउँछ।’

फोटो प्रदर्शनीमा १० वर्षमा चीनले कसरी ​विकासमा फड्को मार्‍यो भन्ने देखाइएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.