|

काठमाडौं : काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन सामान्य रहेको जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता अवदेश बिष्ट क्षेत्रीका अनुसार नाकासँगै काठमाडौं उपत्यकाको सवारी आवागमन पनि सामान्य रहेको छ।

बुधबार भाइ टिका। भाइ टिका सकिएपछि आज (शुक्रबार)बाट उपत्यकाबाहिर गएका सर्वसाधारणहरु काठमाडौं फर्किन थालेका छन्। कोही सर्वसाधारणहरू भने छठ पर्व सकिएपछि उपत्यका फर्किने तयारीमा छन्।  

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बाइपास, बालाजु,काभ्रे भञ्ज्याङ लगायतका स्थानमा उपत्यका फर्किने लामो दूरीका सवारीसाधन जाम हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.