|

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ। सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो।

 पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए। त्यस्तै कप्तान स्कर्ट एडवार्ड्सले २० बलमा १ चौकासहित १५ रन बनाउँदा अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्। तीव्र गतिका बलर हरिस रौफको बलमा आँखा मुनिको भागमा चोट लागेपछि बास डि लिड ६ रनमा रिटायर्ड हर्ट भएका थिए।

उनको स्थानमा नेदरल्यान्ड्सले लोगन भान विकलाई खेलाएको थियो। विक ६ रन बनाएर पेभिलियन फर्किए। ओपनर स्टेफन माइबर्ग ६, म्याक्स ओडाउड ८, टम कपुर १, रोलेफ भान मर्वे र टिम प्रिंन्गलले ५-५ रन बनाए। पाकिस्तानका स्पिनर शादब खानले ३ विकेट लिँदा मोहम्मद वासिम जुनियरले २ विकेट हात पारे। त्यस्तै शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहले समान एक-एक विकेट हात पारे।

९२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले उक्त लक्ष्य ३७ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाउँदा फखर जमानले २० तथा सन मसुदले १२ रन बनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.