विराटनगर : छठ पर्वको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइएको छ। व्रतालुहरूले साँझ विराटनगरका विभिन्न छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
श्रद्धापूर्वक मनाइने छठ पर्वका दिन व्रतालुहरू रातभर जाग्राम बसी भजनकीर्तन गर्ने गर्छन्।
पारिवारिक एवं सन्तानको सुख समृद्धिको कामना गर्दै नियमपूर्वक मनाइने छठ पर्व अस्ताउँदो सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।