काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमाबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा राखेको छ। त्यस्तै, अभिभावकीय रूपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने राप्रपाको धारणा छ।
प्रदेशलाई खारेज गरेर केन्द्र तथा स्थानीय तहलाई बलियो र भरपर्दो बनाउनुपर्ने राप्रपाको मत छ।
त्यसैगरी राप्रपाले घोषणापत्रमा नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धतासमेत जनाएको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।
पूर्णपाठ
तपाईंको ईमेल गोप्य राखिनेछ ।