|

काठमाडौं : नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  घोषणापत्र सार्वजनिक गर्दैछ। एमालेले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा केहीबेरमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएकाे छ। 

कार्यक्रमस्थलमा ओलीको तस्विरसहितका ठूला-ठूला पोष्टर र डमी बनाएर राखिएको छ। नेता कार्यकर्ताहरू त्यहाँ फोटो खिचाउन झुम्मिएका छन्।

कार्यक्रममा एमाले अध्यक्ष ओलीसँग लाइभ डिवेट अर्थात प्रत्यक्ष बहस गर्ने व्यवस्था पनि मिलाइएको छ। कार्यक्रम स्थलमा ‘५ वर्ष, एमालेले गर्छ’ नारा जताततै राखिएको छ। 

हेरौं केही तस्विर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.