|

मुलुक अहिले संघ र प्रदेशको निर्वानचमा होमिएसँगै प्रतिदिन विभिन्न राजनितिक दलहरूका घोषणापत्र धमाधम सार्वजनिक भइरहेका छन्। तर नागरिकहरूले भने ती घोषणापत्रप्रति कुनै चासो नै दिएका छैनन्।

ती घोषणापत्रप्रति दलका सदस्यहरू तथा शुभचिन्तकहरू समेत विश्वस्त छैनन्। यसको कारण दलहरूका अव्यवस्थित व्यवहार र उनीहरूप्रति नागरिकको विश्वास गुम्दै जानु नै हो।

केही समय अगाडि राजनीतिक दलप्रति जनताको चासो र विश्वास रहेको बेला दलका घोषणापत्र र प्रतिबद्धतापत्रप्रति निकै चासो देखिन्थ्यो। त्यही प्रतिबद्धतापत्र तयार पार्ने कामको निरन्तरता स्वरूप कर्मकाण्डीय रुपमा अहिले पनि घोषणापत्र बन्ने र बाँड्ने काम हुन्छ।

हिजो जनताका समस्याहरू खोजी गरेर समाधान केन्द्रित घोषणापत्र तयार पारिए तर कसैले पनि विश्वासिला काम गरेनन्। अहिले विज्ञहरूलाई लगाएर आकर्षक घोषणापत्र तयार पार्न लगाइन्छ अनि त्यो कार्यान्वयन गर्न सम्भावना नै हुँदैन।

पहिला घोषणापत्रहरू साह्रै लोभलाग्दा हुन्थे। गाउँघरमा थोपरिएका समस्याहरूको सहज समाधान होला जस्तो देखिने घोषणापत्रले नागरिकलाई लोभ्याउने र  विश्वास दिलाउने गरेका हुन्थे। सोझा सिधा जनता त कहिले निर्वाचन होला र हाम्रा समस्या हट्लान भन्ने प्रतीक्षामा रहन्थे। 

चुनाव जित्नका लागि अति महत्वाकांक्षी योजन प्रस्तुत गर्नु पनि प्रतिबद्धता पत्र पूरा गर्न नसक्नुको मुख्य कारक तत्व हो। राजनीतिक दलले सम्भावित स्रोत साधनको सर्वेक्षण गर्न नसक्नु पनि अर्को कारण हो।

धेरैपटक निर्वाचन भए, जनप्रतिनिधिहरू चुनिए। तर, आम नागरिकका समस्याहरू ज्युँका त्युँ नै रहे। अनि नागरिकमा चुनावी घोषणपत्र केवल चुनावको लागि मात्र रहेछन् भन्ने हुन थाल्यो। अहिले दलका घोषणापत्रहरू भ्रमपत्रका रुपमा परिचित हुँदै छन्।

उता राजनितिक दल तथा जनप्रतिनिधिका पनि आफ्नै व्यावहारिक समस्याहरू छन। देशमा क्रियाशील राजनितिक दलहरूबीच बेमेल भइरहन्छ। कामको जस लिने र त्यसको ब्याजस्वरूप राजनीति गर्ने परम्परा रहेको छ। एउटा दलले गर्न खोजेको राम्रो कामले अरू दललाई डाह हुन्छ र त्यो काम असफल बनाउन विपक्षी भनिएको दलले भएभरको शक्ति प्रयोग गर्ने गरेका तीतो यथार्थहरू छन्।

आफ्नो दलले सत्ता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने यकिन हुँदैन। सरकार बनाउन पाए पनि कति दिन टिक्ने हो भन्ने कुराको पनि ठेगान  हुँदैन। अनि आफूले भनेको काम गर्न सकिने कि नसकिने भन्ने कुराको पनि कुनै निश्चित नै हुँदैन।

राजनीतिक अस्थिरता चरम उत्कर्षमा पुगेको छ। नेता कार्यकर्तामा मौलाएको सत्ता मोह, पद र पैसाप्रतिको आकांक्षाका कारण राम्रा योजना र प्रतिबद्धताहरू अलपत्र परेका हुन्। निष्ठाको राजनीति एकादेशको कथा बन्दै गएको छ। अहिले नेताहरू जनतालाई तत्काल भुल्याउन र भ्रम फैलाउन पोख्त भइसकेका  छन्। जसले बढी भ्रम सिर्जना गर्न सक्यो ऊ नै सफलताको सिँढी चढ्ने लगभग पक्का देखिन्छ।

यसर्थ कति प्रतिबद्धताहरू दल तथा प्रतिनिधिहरूले चाहेर पनि पूरा गर्न नसकेको अवस्था छ भने कति कुराहरू हेलचेक्रयाइँ र बेवास्ताका कारण पनि अलपत्र पर्ने गरेका छन्। सबैभन्दा महत्वपूर्ण कारक भनेको देश,समाज र नागरिकहरू प्रतिको बफादारिता छाडेर आफ्नो निजी स्वार्थमा केन्द्रित हुनु नै हो।

अहिले नागरिक ती प्रतिबद्धतापत्र तथा घोषणापत्रप्रति कुनै विश्वास गर्दैनन्। आज  नागरिकहरू आजित भएर केही दिनको रमाइलो कसले गर्न गराउन सक्छ उसैको पछि लाग्न विवश छन्। केही सकारात्मक चिन्तन भएका बौद्धिक वर्गहरू भने हारको महसुस गरी अति निराशावादी अवास्थामा भेटिन्छन्।

चुनाव जित्नका लागि अति महत्वाकांक्षी योजन प्रस्तुत गर्नु पनि प्रतिबद्धता पत्र पूरा गर्न नसक्नुको मुख्य कारक तत्व हो। राजनीतिक दलले सम्भावित स्रोत साधनको सर्वेक्षण गर्न नसक्नु पनि अर्को कारण हो।

सम्भावना अध्ययन गरेर पूरा गर्न सक्ने काम मात्र अघि सार्ने हो भने काम गरेको देखेर नागरिकहरूले विश्वास गर्ने अवस्था आउन सक्छ।

नेपाल सानो देश भए तापनि सम्भावना नै सम्भावना बोकेको देश हो। प्राकृतिक स्रोत साधनको उपयोग र मानव संशाधनको भरपुर उपयोग गर्ने नीति लिएको मात्र भए पनि देश कायापलट हुन्थ्यो।

नागरिकले रोजगारी प्राप्त गर्न सक्थे। स्वरोजगारीको अवस्था पर्याप्त हुन्थ्यो अनि कामले नै देशको समृद्धिको उचाइमा पुर्याउथ्यो।

शिक्षालाई अनिवार्य र नि:शुल्क भनियो। तर, अहिले तिनै नेता  तथा जनप्रतिधिहरू शिक्षाका पसल थापेर शिक्षाको किनबेचमा सरिक भएका छन्।

नि:शुल्कसर्वसुलभ स्वास्थ्योपचार भनियो तर  दुरदराजमा अझै पनि मानिस हरू  डोलीमा बिरामी बोकेर घण्टौहिँडेर राजधानीको बसमा चढाउन बाध्य छन्।

भ्रष्टाचार रोक्ने प्रतिबद्धता गरे तर तिनीहरू नै भ्रष्टाचारमा मुण्टो जोत्न पुगे। शुसासनका कुरा गरे तर अहिले तिनै दल र सरकारको रवैयाका कारण आफूले भोग्नु परेका दु:खमा आम नागरिक प्रताडित छन्। 

राजनीतिक दलहरूले सम्भावनाहरूको अध्ययन गरी तोकिएको समयमा गर्न सकिने कामलाई मात्र घोषणा पत्रको रुपमा सार्वजनिक गर्नु, घोषणापत्रबमोजिम कामको अध्यावधिक गरी कानुनी दायरामा ल्याउन पाउने कानुनी व्यवस्था गर्नु र आम नागरिकहरूले दलहरूलाई खवरदारि सहित रचनात्मक सहयोग गर्नु नै अन्तिम विकल्प हो।

घोषण पत्रमा दिगो विकासका बकवास प्रस्तुत गरे। तर, दिगो विकास के हो भन्ने कुराको हेक्का समेत नराखी असाध्यै तितर वितर र अव्यवस्थित रूपमा पूर्वाधार निर्माणका कामहरू गरे।

देश र जनताप्रति अपनत्व कसैले पनि लिन खोजेनन्। सत्ता प्राप्तिको अन्तिम होडबाजीमा सरिक भए। अहिले आफ्नो कामप्रति जवाफदेही बन्न कोही पनि तयार देखिँदैनन्।

बहुलवादमा आधारित देशमा निर्वाचन एउटा महत्वपूर्ण अस्त्र हो। निर्वाचनको माध्यमबाटै नागरिकहरूले आफूलाई मन परेको र विश्वास लागेको दल वा प्रतिनिधि छान्न पाउछन्। यसलाई सुनौलो अवसरको रूपमा लिन सकिन्छ।

नागरिकहरूले भोट दिने आधार भनेको दलको विगतको गतिविधि, इमानदारी, र विश्वासको वातावरण साथै आगामी कार्यकालमा गर्ने कामको प्रतिबद्धता पत्र नै हो। प्रतिबद्धतापत्रलाई विश्वासिलो आधारपत्रको रूपमा स्थापित गर्दै जानुको कुनै विकल्प छैन।

राजनीतिक दल तथा उम्मेदवारले आफ्नो कार्यक्षेत्रभित्र समेटिने भूगोलको यथेष्ट मात्रामा अध्ययन गर्नुपर्छ। सम्भावनाको व्यापक विश्लेषण र अध्ययन गर्नुपर्छ। अनि मात्र  आधारपत्र निर्माण गर्नुपर्छ।

घोषणापत्रमा उल्लेख गरिएका  कामहरू पूरा गर्न नसकेको खण्डमा जनप्रतिनिधि र निजलाई सिफारिस गर्ने दल  समेतलाई कारबाही हुने साथै उक्त दललाई केही कार्यकाल निर्वाचनमा भाग लिन नपाउने समेतका कानुनी आधारमा  हुने हो भने पनि दल तथा प्रतिनिधिहरू सचेत रहन सक्छन्।

राजनीतिक दलहरूले सम्भावनाहरूको अध्ययन गरी तोकिएको समयमा गर्न सकिने कामलाई मात्र घोषणा पत्रको रुपमा सार्वजनिक गर्नु, घोषणापत्रबमोजिम कामको अध्यावधिक गरि कानुनी दायरामा ल्याउन पाउने कानुनी व्यवस्था गर्नु र आम नागरिकहरूले दलहरूलाई खवरदारि सहित रचनात्मक सहयोग गर्नु नै अन्तिम विकल्प हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.