|

बैतडी : बैतडीका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। जिल्लाको दशरथचन्द नपाले बिहीबार र पाटन नपाले बुधबार सार्वजनिक बिदा दिएका हुन्।  

दशरथचन्द नपा–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नपाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए।

त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र शुक्ल नवमीमा भव्य जात्रा लाग्ने गर्दछ। यहाँ भारतीय दर्शनार्थी समेत आउने गरेका छन्।

यस्तै पाटन नपा–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिएको पाटन नपाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए। बिदाको दिन बुधबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन्।

पाटन नपा–२ स्थित महारुद्र धाममा कार्तिक शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको दिनमा मेला लाग्छ। तिहार सकिएसँगै बैतडीसहित सुदूर पश्चिमका शक्तिपीठ र मन्दिरहरूमा जात्राको रौनक छाएको छ। यहाँ तिहारपछि १५ दिन जात्रा लाग्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.