|

गुल्मी : गुल्मी जिल्लाका तीन स्थानीय तहले हरिबोधनी एकादशी (शुक्रबार)मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। रेसुंगा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले सूचना जारी गर्दै शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

कार्यपालिका बैठकको निर्णयअनुसार गाउँ÷नगरक्षेत्रका संस्था, कार्यालयहरू, मातहतका वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघसंस्था बन्द रहनेछन्।

ठूली एकादशीमा जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगामा मेला लाग्छ। रेसुंगा पोखरीमा स्नान गर्नाले जान तथा अन्जानमा गरेका पाप नष्ट हुने विश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.