|

जन्मेको केही घण्टापछि ११ मे २००० मा, दिल्लीको सफदरजंग अस्पतालमा एक नवजात शिशुलाई भारतको अबौँ बच्चा भनियो। सरकारी मन्त्रीहरूले गुलाबी कम्बलले बेरेकी बच्चीसँग धेरै फोटो खिचे।

ती बालिकाको नाम पछि आस्था राखियो।  आस्थाको जन्म हुने बित्तिकै भारत त्यो क्लबमा पुग्यो जहाँ पहिले चीन मात्र थियो- १०० करोड जनसंख्या भएको देश।

यस अवसरमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका लागि भारतका प्रतिनिधि माइकल भ्लासोफले आस्थालाई ' विशेष' बच्चाको रूपमा वर्णन गरे। आस्थाको जन्म भारतले जनसंख्या नियन्त्रण गर्न नयाँ ढंगले सोच्नुपर्ने चेतावनी पनि दिएको अधिकारीहरूले बताएका छन्।

जन्मपछिको उत्सव संसारभरका अखबारको हेडलाइन बनेको थियो, दिल्लीको नजफगढस्थित आस्थाको घरमा केही दिनसम्म पत्रकारको भीड थियो।

गीता पाण्डे पनि बीबीसी टोलीको हिस्सा थिइन्। जसले भारतको सबैभन्दा कान्छी सेलिब्रेटीलाई भेटेकी थिइन्। बच्चीको आमा अञ्जना अरोरासँग कुरा गर्न उनको घर गएकी थिइन् पाण्डे।

दुई दशकपछि ‘ती विशेष केटी’ कस्ति भइन् र अहिले के गरिरहेकी छिन् भनेर हेर्न पाण्डे फेरि त्यहाँ गएकी थिइन्।

 

आस्थालाई अब खास लाग्दैन

आइतबार बिहान २२ वर्षीया आस्थाले पाण्डेका लागि आफ्नो घरको ढोका खोलिन्। उनले पाण्डेलाई आफूलाई आफू विशेष अनुभूति हुन छोडेको वर्षौं भएको बताइन्। उनले आफ्नो जन्मका बेला नेताहरूले गरेका धेरै वाचा पूरा नभएको गुनासो गरिन्।

उनले पाण्डेलाई आइतबार भेटिन्।  किनभने उनीले हप्तामा एक दिन मात्र छुट्टी पाउँछन्। केही समयअघि उनले अस्पतालमा नर्सको काम सुरु गरेकी थिइन्। उनी भन्छिन्, ‘विज्ञान पढेर डाक्टर बन्ने चाहना थियो, तर अभिभावकले निजी विद्यालयमा पढाउन नसक्ने हुँदा नर्सिङ तालिम लिन बाध्य भएँ।'

आस्थाले बुबाआमाले राखेको फोल्डरमा राखिएको अखबारका टुक्राहरू देखाइन्।

जन्मेको केही दिनसम्म उनी चर्चामा रहेकी थिइन्। एक रिपोर्टका अनुसार आस्था ११ महिनाकी हुँदा भारतको स्वास्थ्य मन्त्रालय र यूएनएफपीएले सुरु गरेको वेबसाइटको उद्घाटन गर्न उनलाई बोलाइएको थियो।

आस्था आफ्नो पहिलो जन्मदिनपछि आफ्नो परिवारसँग अजमेर गइन्। आस्था भन्छिन्, जब पहिलो पटक स्कुल गएँ, तब मलाई  मेरो विशेष हैसियतको बारेमा थाहा भयो।'

उनको अनुसार सम्भवतः चार वा पाँच वर्षको हुँदा उनले पहिलो पटक एक अरबौं बच्चा भएको कुरा सुनिन्। थाहा पाइन किनभने  संयुक्त राष्ट्र जनसंख्या दिवसमा क्यामेरा टोली उनको तस्वीर खिच्न विद्यालयमा आयो।

मिडियामा हुनुको फाइदा

टिभीमा आस्थाको तस्वीर र भिडियो आइरहन्थ्यो।

मिडियाको ध्यानका केही फाइदाहरू पनि थिए। आस्थाका बुबा पसलमा सेल्सम्यान थिए। उनको मासिक आम्दानी चार हजारभन्दा कम भएकाले शुल्क तिर्न गाह्रो भइरहेको थियो।

आस्था भन्छिन्, 'प्रत्येक वर्ष पत्रकारहरू आएर मेरो समाचार बनाउँथे। विद्यालयले निःशुल्क प्रचार गर्थे, त्यसैले दोस्रो कक्षादेखि मेरो शुल्क मिनाहा हुन्थ्यो।' स्कूलमा, आस्थाको पढाइ राम्रो थियो। नृत्य कार्यक्रममा भाग लिन्थिन्। जब उनी १६ वर्षकी थिइन्, स्कूलले उनलाई 'ग्रेसफुल पर्सन अफ द इयर' भनेर सम्मान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.