|

जनकपुरधाम : यही २२ मंगलबार गते कार्तिक पूर्णिमामा कमला स्नानका लागि तीर्थयात्रीलाई मद्देनजर गरी जयनगर जनकपुर रेल्वे थप ट्रिप चलाइने भएको छ।

नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले शनिबार सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरूलाई सहज होस् भनी २१ गते देखि २३ गतेसम्म  नियमित समय बाहेक पनि रेल चलाउने जानकारी दिएको छ।

यो दिन चन्द्रग्रहण रहेको छ। ग्रहणका वेला श्रद्धालु स्नानका लागि नदी‚ जलाशय जाने गर्छन्।

प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले कमला स्नानका लागि हजारौँको संख्यामा यात्री कमला नदी जाने भएपछि दोस्रो सिफ्टपछि थप सिफ्ट सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले जानकारी दिए।

अहिले ४ देखि ५ वटा बोगीसम्म बोक्ने नेपाल रेल्वेले भूतमेलाका लागि बोगी समेत थप्ने बुझिएको छ। प्रत्येक वर्ष कमला नदीमा भूतमेला लाग्छ।

कार्तिक पूर्णिमा स्नानका लागि विभिन्न जिल्लाबाट धनुषा र सिरहा जोड्ने धार्मिक आस्था बोकेको पवित्र कमला नदीमा स्नान गर्ने गरिन्छ।

कमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भव्य मेला समेत लाग्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.