|

काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक पदाधिकारीहरू राजनीतिक दलको खल्तीबाट नियुक्त गर्न नहुने बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता थापाले संविधानमा लेखिएको विषयलाई  दलका नेताहरूले काट्न नमिल्ने बताए। 

‘संवैधानिक पदाधिकारीहरू यसरी नियुक्ति गर भनेर संविधानमा लेखिएको छ। संवैधानिक नियुक्ति अध्यादेशबाट हुन्छ? संविधानमा नै लेखिएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति राजनीतिक दलले काट्न मिल्दैन। राष्ट्र हाँक्ने भनेको संविधानले परिकल्पना गर्ने अंगहरू हुन्। ती अंगहरूमा तपाईंले जस्ता मान्छे ल्याउनुहुन्छ त्यस्तै काम हुने हो,’ उनले भने। 
 
अधिवक्ता थापाले चोलेन्द्र मशेर जबराको महाभियोग प्रस्तावलाई राजनीतिक दलहरूले ख्याल ठट्टाको रुपमा लिएको बताए। उनले चोलेन्द्रको महाभियोग सिफारिस संसदको कार्यकाल सकिएसँगै महाभियोग निष्क्रिय भएको कुतर्क गरिएको बताए। 

‘प्रधानन्यायाधीशले घुस खान्छन् भन्नु ठट्टा हो? सयौं मुद्दा लडेको वकिल, आफ्नो करिअर नै धरापमा पारेर बोलेको विषयमा राजनीतिक दलहरूलाई ठट्टा हुन्छ। दलहरूले यो विषयमा बोल्ने कि नबोल्ने? अन्य देशहरूमा महाभियोग मर्दैन भन्छन् तर, यहाँ त मरिसक्यो भन्छन्। महाभियोग मर्‍यो भन्ने? यो कुरा तपाईंहरूले निरूपण गर्नुपर्छ। न्यायापालिकामा अरबौं कमाउने ठाउँ होइन। न्यायापालिकामा बडाहाकिमको नियुक्ति पनि होइन,’ उनले भने।  

उनले नो नट अगेन अर्थहीन रहेको बताए। उनले संसद् र व्यवस्था स्थापित हुन नपाएको अवस्थामा नो नट अगेन बेकार भएको बताए। 

‘नो नट अगेन बेकार हो। संसद् र व्यवस्था स्थापित हुन पाएन। राजनीतिवाद बोकेर कोही जन्मिन्छ तर  नो नट अगेनमा त्यो छैन,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.