|

काठमाडौं : कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ।

वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशी (वा पूर्णिमा) मा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ। कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ।

कात्तिके पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीजाँतमा धार्मिक मेला लाग्छ। काठमाडौं उपत्यकामा लागेको चारनारायणको मेला पनि मंगलबार नै पूरा हुँदैछ।

कार्तिक शुक्ल एकादशीका दिन शुरु भएको भीष्मपञ्चक पनि यही पूर्णिमामै पूरा हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.