|

काठमाडौं : शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। 

गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो। ‘गुरु ग्रन्थ साहेब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत  गराएका थिए।

नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए। यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.