|

काठमाडौं :  सुदूरपश्चिमको खप्तड इलाका केन्द्र बिन्दु बनाई गएको मंगलबार राति गएको ६.६ रेक्टर स्केलको भूकम्पका कारण भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ।

घटनास्थल वडा नं३ स्थित गैरागाउँमा जनधनको क्षति भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भएको छ। जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा नेपाली सेनाले मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै घाइते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको जनाएको छ।

उक्त घाइतेहरु मध्ये गम्भीर अवस्थाका २ जनालाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको नेपाली सेनाले जानकारी दिएको छ।

सेनाको उद्दार टोलीले जिल्ला रेडक्रस सोसाईटी, डोटीसँग आवश्यक समन्वय गरी भूकम्पपीडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरु समेत वितरण गरेको सेनाले जनाएको छ।

केही तस्वीर झलक :         

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.