|

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधान रक्षा हुने बताएका छन्। 

शुक्रबार बिहान काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन बनाउनुपरेको बताए।

‘गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा गर्न र प्रतिगमनकारीलाई रोक्न सकिन्छ’, उनले भने, ‘काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त छु।’

उनले सिंह देश विकासको लागि सही र सक्षम नेता भएको भन्दै जिताएर पठाउन काठमाडौं १ वासीलाई आग्रह गरे। ‘नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ। व्यक्तिगत रूपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ’, भोट माग्दै उनले भने, ‘ हाम्रो गठबन्धनलाई बलियो बनाए मात्रै संविधानको रक्षा हुन्छ । यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ। त्यसैले उहाँको पक्षमा मतदान गर्न  आग्रह गर्दछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.