|
फाइल फोटो

मनाङ : जाडो याममा बस्न प्रतिकुल हुने भएकाले मनाङवासी जाडो छल्न बेँसी झर्ने गर्छन्। तर यस पटक जाडो छल्न बेँसी झर्ने वेलामा उनीहरू जिल्ला भित्रिँदै छन्।

मंसिरर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा रहेका हुन्। बाहिर रहेका जिल्लावासी फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्’, उनले भने। 

अहिले हिउँ पर्ने समय भएको छ। खानेपानी नै जम्ने अवस्थामा छ। यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले मतदानका लागि सुरक्षित व्यवस्थापन गरेको   जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए। 

मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा छन्। प्रदेशसभाको (२) मा स्वतन्त्र उम्मेदवार दिपक मनाङे विजयी भइसकेका छन्। त्यसैले प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ एक सदस्यका लागि मतदान हुनेछ।

मनाङमा तीन हजार २८१ पुरुष र तीन हजार ४९८ महिला गरी छ हजार ७७९ मतदाता छन्। अस्थायी मतदान केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.