|

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।

हिजो बिहीबार सुनको भाउ स्थीर रहँदै छापावाला प्रतितोला ९५ हजार ४००, तेजावी सुन ९४ हजार ९००रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७६१ डलर तथा चाँदी प्रतिऔंस २१।९० डलरमा कारोबार भइरहेको छ। 

हिजो बिहीबार सुन औंस १७१० डलर तथा चाँदी प्रतिऔंस २१.१४ डलरमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.