|

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ।

आइतबार कोरोबारमा आएका २२५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ। गत बिहीवार १ अर्बभन्दा बढीको शेयर कारोबार भएका थियो।

नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचकबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६० प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक १.४४ प्रतिशत घटेको छ।

आइतबार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य ७.९० प्रतिशत बढेको छ। त्यस्तै,मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ। यता,निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ। आजको कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.