|

विराटनगर : विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ। 

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो तयार पार्न सार्वजनिक सूचना महानगरले जारी गरिसकेको छ। 

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन्। मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।  

छनोटमा परेको उत्कृष्ट लोगोलाई १ लाख नगदले पुरस्कृत गरिनेछ। छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ। लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.