|

काठमाडौं : पोखराका दुईवटा वाणिज्य बैंकले नक्कली सुन चिन्न नसक्दा २५ वर्षीय एक युवकले २४ लाख रूपैयाँ ठगी गरेका छन्।

पर्वतको कुश्मा नगरपालिका-३ स्थायी घर भई पोखरा सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारले नक्कली सुनका गरगहना धितो राखी दुईवटा बैंकबाट २५ लाख ५ हजार रूपैयाँ ठगी गरेका हुन्।

उनले पोखरा महानगरपालिका-१७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट १६ लाख ६० हजार र पोखरा-८ पृथ्वीचोकस्थित वाणिज्य बैंकको शाखाबाट ७ लाख ४५ हजार रूपैयाँ कर्जा लिएका थिए।

लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएकाले शंका लागि उनले धितोमा राखेको गरगहना जाँच गर्दा नक्कली सुनको गरगहना भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा जाँचका लागि पठाउँदा नक्कली सुनबाट तयार गरिएको परीक्षण प्रतिवेदन आएको थियो। उनलाई प्रहरीले पक्राउ गरी ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.