|

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्य लगायत क्षेत्रमा विभिन्न छूट सुविधा पाउने भएका छन्। 

बैंकले काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थासँग यसबारे सम्झौता गरेको हो। सबल बैंक, सफल सहकार्य नामक नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले यस्तो सम्झौता गरेको हो।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। 

बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’का सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने छ।

कुन्दलिनी आयुर्वेदाका ग्राहकले अधिकतम २० प्रतिशत छुट पाउने समेत कमपनीले जनाएको छ। सुबाकी ब्युटी सैलुनमा १० प्रतिशत, क्रिस्टल डाइग्नोस्टिकको सेवामा अधिकतम २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। 

यस्तो सेवा बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.