|

काठमाडौं : मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ। 

अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो।

मंसिर महिनामा विहावारी धेरै हुने भएकाले यो महिनामा सामान्य अवस्थाको तुलनामा तीन गुणा बढी सुनको माग हुने गरेको व्यवसायी बताउँछन्। तर धेरै उपभोगको समयमा नै भाउ बढ्दा सुन किन्नुपर्नेहरु मारमा पर्ने देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार र चाँदीको भाउ ३० रुपैयाँ बढेको छ।  शुक्रबार यता मात्रै सुनको भाउ २ हजार ८०० रुपैयाँ वृद्धि भएको छ। यसबीचमा सोमबार मात्रै सुन तोलामा १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार छापावाला सुन ९८ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ७०० र चाँदीको भाउ १ हजार ३२५ रुपैयाँ तोकिएको छ। 

हिजो सोमबार छापावाला सुन प्रति तोला ९७ हजार २०० रूपैयाँ, तेजावी सुन ९६ हजार ७०० रूपैयाँ र चाँदीको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.