|

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देश चुनावमय बनेको छ। यो निर्वाचनमा केही कलाकार उम्मेदवार छन् भने केही कलाकारले विभिन्न पार्टी तथा उम्मेदवा​र लागि भोट पनि मागिरहेका छन्।

यस्तैमा मोरङबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापालाई मत दिन अभिनेत्री करिश्मा मानन्धरले आह्वान गरेकी छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत करिश्माले रेखाका लागि भोट मागेकी हुन्। 

उनले लेखेकी छन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन्। संस्कृति, संस्कारका संवाहक हुन्। यो क्षेत्रको निर्माण, विकास गर्न कलाकारहरूले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन्। यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ। अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो। यो संघर्षमा सहभागी योद्धा रेखा थापालाई भोट गर्न मोरङका मतदातालाई आग्रह गर्दछु।’

रेखा राप्रपाबाट चुनावमा उठेकी हुन् भने करिश्मा नेकपा एमालेकी सदस्य हुन्। यो चुनावमा राप्रपा र नेकपा एमालेले सहकार्य गरेका छन्। करिश्मा एमालेका अन्य उम्मेदवारको घरदैलो कार्यक्रममा पनि सहभागी हुँदै आएकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.