|
रौतहट क्षेत्रनं ३ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार बदरुद्दीन अरमान।

रौतहट : चुनावसँगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ। किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन्। नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ।

जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेँलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ।

सिँचाइको सुविधा भएको र रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भइरहेको र रोग प्रकोप लागेको क्षेत्रमा धान कम उत्पादन भइरहेको किसानहरू बताउँछन्। 

पाकेको धान पानीले थन्क्याउन नदेला कि भनेर किसान पिरोलिएका छन्।

वृन्दावन नपा–१ बलरीका किसान शम्भु राउत निर्वाचनभन्दा खेतमा धान काट्न व्यस्त भएको बताउँछन्। ‘समयमा धान नथन्काएमा असिना आउन सक्छ र वर्ष दिन खाने खेती स्वाहा हुन्छ’, उनले भने।

योपटक दशैँतिहार छिटो भएकाले चाडपर्व सकिएपछि खेतमा धान काट्न थालेको उनको भनाइ छ।

चन्द्रपुर नपा–१० बालचनपुरका किसान ललन साह पनि वर्षभरिका लागि खाने बाली धान भित्र्याउन खेतमा व्यस्त भएको बताउँछन्। धमाधम धान पाकेकाले र चुनावका कारण पनि काम गर्ने मानिसको अभाव भएको उनले बताए। किसानलाई धान काट्नेसँगै पराल थन्काउन र हिउँदे आलु लगाउन मचामच छ।

विगतको तुलनामा समयमै पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यो वर्ष धान उत्पादनमा केही वृद्धि भएको कृषकहरूको भनाइ छ। 
रौतहटमा ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान खेती हुँदै आएको छ।

जिल्लाका कृषकहरूले मोटा धानका रूपमा सोना मँसुली, नटवा सोना, पान सोना लगायत जातका धान र मसिनो धान लगाउँछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.