|

वीर बहादुर विक

आवधिक निर्वाचन राज्य व्यवस्थामा सत्ता परिवर्तनको सहज र शान्तिपूर्ण माध्यम हो। यो लोकतान्त्रिक शासन प्रणालीको सुन्दर रुप हो।स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतन्त्रको पूर्वशर्त हो। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भय रहित हुन सकेन भने निर्वाचित सरकारले वैधता नपाउने मात्र नभइ शासकीय पद्धती प्रतिनैजनताको विश्वास रहँदैन।

निर्वाचन निर्वाचन निष्पक्षनभएकोविषयमा विश्वमाप्रजातन्त्रको उत्कृष्ट अभ्यास गरेका भनिएका देशहरुमा समेत बृहत आन्दोलन भएको पाइन्छ। सन् २००० को अमेरिकी निर्वाचनमा धाधली गरी जर्ज बुस राष्ट्रपतिमा विजयी भएको,सन् २०१६ कोअमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा गरेको धाधली,सन् २०१८ माहङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरवानलेआम निर्वाचनमा गडबड गरेको,सन् २०१९मावोलिभियाका राष्ट्रपति ईभो मोरालेसले निर्वाचनमा गडबडी गरेको भन्ने आधारमा पदबाट राजीनामा दिएका थिए।

त्यस्तै, रसियामा स्वतन्त्र र निष्पक्ष निर्वाचनको हुनुपर्ने विषयमा विपक्षी राजनीतिक दलहरुले गरिरहेको आन्दोलनविश्व परिदृश्यका केही उदाहरण हुन।नेपालमा भएको २०३७ जनमत संग्रहर त्यसपछि विभिन्न समयमा भएका निर्वाचनहरु पनि स्वतन्त्र, निष्पक्ष र स्वच्छ हुन नसकेको भन्ने आमधारणा बनेको पाइन्छ।

संसारको उत्कृष्ट शासन व्यवस्थाको रुपमा दर्ज भएको शासकीय व्यवस्था हो लोकतन्त्रिक शासन व्यवस्था।लोकतन्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष हो आवधिक निर्वाचन।लोकतन्त्रिक शासन व्यवस्थामा जनताले आफ्नो स्वतन्त्र मतको प्रयोग गरी आफ्नो शासकीय प्रतिनिधि आफुभित्रैबाट छनौट गर्ने गर्दछन्।

लोकतान्त्रिक शासन व्यवस्थाले राजनीतिक आयामको सशक्तीकरणगर्नुका साथै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामर्थ्य राख्छ भने लोकतान्त्रिक शासन व्यवस्था बलियो बनाउने कडी नैस्वतन्त्र र निष्पक्ष निर्वाचन हो। योलोकतन्त्रको आधारभूत तत्व पनि हो।

विश्वका देशहरु आर्थिक विकासको दौडमा रहे सँगै जनतामा राजनिति र निर्वाचन प्रतिको चासो कम भएको पाइन्छ। जसका कारण निर्वाचनमा कम मत खस्नुका साथैलोकतान्त्रिक पद्धतीलेआत्मसाथ गरेकोमर्म बमोजिमको सक्षम जनप्रतिनिधि निर्वाचित हुने नसक्ने हो कि भन्ने आम चिन्ता र चासोको विषय बन्न थालेको छ।

लोकतन्त्रमा निर्वाचन सत्ता परिवर्तनको सशक्त माध्याम भएकोले निर्वाचनस्वतन्त्र, निष्पक्ष र भयरहित हुन नसकेको गुनासो प्रायः सबैजसो देशहरुमा सुन्ने गरिन्छ।

सरकारमा रहेको दलले आफ्नो दल वियजी गराउन लागि राज्यका स्रोत साधनहरुको दुरुपयोग गरेर मत परिणाम आफ्नो पक्षमा पार्ने कुचेष्ठामा लाग्न सक्छ।निर्वाचनमा सरकार तटस्थ हुन नसक्नु, उम्मेदवार तथा मतदाताको सुरक्षा गर्न नसक्नु रआवश्यक मात्रामा बजेट उपलव्ध गराउन नसक्नु सरकारसँग सम्वन्धित समस्या हुन्।

सरकारको भूमिकाः

निर्वाचन सिंगो राज्य व्यवस्था संचालन, परिचालन, विकास र समृद्धि हासिल गराउने माध्यमको रुपमा लिइन्छ यसका लागी सरकारको तटस्थ, सहयोगी र समन्वयकारी भूमिका, निर्वाचन कार्यको सञ्चालन, रेखदेख, समन्वय तथा नियन्त्रण गर्नका लागि राजनीतिक दल लगायत सबै सरोकारवाला निकायहरु विचको ऐक्यवद्धताका साथै आधारभूत निर्वाचन कानूनहरु निर्माण गरी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

नागरिक शिक्षाः

निर्वाचनमा जनताको सक्रिय सहभागिता र चासो रहेन भने निर्वाचन अर्थहिन र उपलब्धि विहिन हुन पुग्दछ र यसले निर्वाचन परिणाम गलत दिशातर्फ धकेलिने र असक्षम प्रतिनिधिको हातमा राज्यसत्ता पर्न सक्ने खतरा निम्तिन सक्छ।

त्यसैले मतदातालाई नागरिक शिक्षाको माध्यामबाट जागरुक बनाउन मतको मूल्य तथा भोटमा राजनीतिक सत्ता परिवर्तन गर्ने अन्तरनीहित शक्तिका बारेमा ज्ञान तथा आफूले मन नपराएको व्यक्ति वा राजनीतिक दललाई पदमुक्त गर्ने क्षमताको अभिवृद्धि गरिनुपर्दछ।यसका लागि राजनितिक दलको मतदाता शिक्षाको माध्यमबाट मतदाताको निराशा र उदासीनतालाई चासो, चिन्ता र उत्प्रेरणामा बदल्नुपर्दछ। यसले मात्र स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन ठुलो योगदान पुर्‍याउदछ।

आर्थिक अनुशासन र पारदर्शिताः

स्वतन्त्र, निष्पक्ष निर्वाचनका दलहरु ईमान्दार, सभ्य र अनुशासित हुनुपर्ने कुरा महत्वपुर्ण हुन जान्छ। राजनीतिक दलहरुको प्रतिस्पर्धा सभ्य र अनुशासित नभएसम्म निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सक्दैन।निर्वाचनमा खर्चिलो हुनु, महंगो हुनुस्वतन्त्र र निष्पक्ष निर्वाचनको अर्को चुनौति हो।यसले अनेकौं विकृतिहरुलाई निम्तो दिन्छ।

खर्चको सीमा नाघ्नु भनेको भ्रष्ट्राचारलाई आमन्त्रण गर्नु हो। निर्वाचनमा अन्धाधुन्ध पैसा खर्च गर्नाले भ्रष्ट्राचार बढ्नुका अलावा स्वस्थ निर्वाचन प्रतिस्पर्धालाई कमजोर बनाउदछ।यसका लागि निर्वाचनमा भाग लिने राजनितिक दल तथा उम्मेदवारहरुले निर्वाचनको क्रममा गरिएका क्रियाकलाप र त्यसमा भएको यथार्थ विवरणआम नागरिक समक्ष जानकारी पुर्‍याउने र वस्तुपरक सामाजिक परीक्षण हुने ब्यवस्था गरी पारदर्शिताको प्रभावकारी प्रयोग गर्नु आवश्यक देखिन्छ।

निर्वाचनकाcause, process and result बारे आम नागरिकहरू सुसूचित बनाउने र सार्वजनिक कामकारवाहीमाजनताको पहुँच अभिवृद्धि गर्दै खुलापनको विकासमा जोड दिनुले आर्थिक पारदर्शिता, आर्थिक वृद्धि र आर्थिक अनुशासनलाई टेवा पुर्‍याउछ। 

पारदर्शिताकोप्रभावकारी कार्यान्वयनबाट जवाफदेहीताको वृद्धि  हुनुका साथैभ्रष्टाचार र अनियमित नियन्त्रण गराउँछ,शासन व्यवस्थाका हरेक तहमा नागरिकको अर्थपूर्ण सहभागिता, चासो र चिन्तनलाई अभिवृद्धि गराउँदछ।

निर्वाचन खर्चलाई कम गर्न, आर्थिक अनुशासन र पारदर्शिता अभिबृद्धि गर्न एवं निर्वाचनमा प्रतिस्पर्धा बढाउन निर्वाचनका लागि राज्यकोषवाट राजनीतिक दलहरुलाई निर्वाचन खर्च दिने व्यवस्था गर्नुपर्छ भन्ने तर्कहरु आएका छन्।

यद्यपी यसका लागि उपयुक्त कानूनी व्यवस्था गरी राजनीतिक दल वा उम्मेदवारले कसैसँग चन्दा उठाउन वा दान लिन नपाउने गरी प्रभावकारी कार्यान्वयन जरुरी हुन आउछ।

पूर्वाग्रहरहित र वस्तुनिष्ठ अनुगमन

आयोगले निर्वाचनको लागी जारी गर्नेआचार संहिताले सरकारदेखि राजनीतिक दलसम्मलाई आचार संहिताले सीमाबद्ध गर्दछ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनका मापदण्ड मापनयोग्य हुनुपर्दछ।

निर्वाचन आचारसंहिताको पालनामा निर्वाचन आयोगले सवै राजनितिक दल, उम्मेदवार, राष्ट्रसेवक कर्मचारी एवं सरोकारवाला सवैलाई समान व्यवहार गर्नुपर्दछ भने उल्लंघन भएमाकानून बमोजिमको सजाय हुने व्यवस्थालाइ पूर्ण रुपमा लागू गरिनुपर्दछ निर्वाचनमा कर्मचारीतन्त्र निष्पक्ष, तटस्थ विवेकशिल हुनुपर्दछ।

कर्मचारीलाई आफनो राजनीतिक लाभ हुने गरी कुनै राजनीतिक दल वा उम्मेदवारले लोभलालचमा पार्ने काम पनि गर्नुहुँदैन। कर्मचारीले आफनो निष्पक्षता, तटस्थता, ईमान्दारिता र जिम्मेवारी प्रतिकूल हुने काम गरेमा निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सक्दैन।निर्वाचनको अनुगमन स्वतन्त्र पर्यवेक्षकहरुले गर्ने व्यवस्थालाइ अझ प्रभावकारी बनाउनु पर्दछ।यसले राजनीतिक दल वा कर्मचारी वा अन्य कसैले निर्वाचनमा धाँधली गर्न सक्दैनन्।

निर्वाचन पर्यवेक्षकहरुको प्रतिवेदनको आधारमा अन्तराष्ट्रिय समुदायले निर्वाचनलाई मान्यता दिने हुँदा अन्तराष्ट्रिय समुदायले मान्यता नदिएसम्म निर्वाचनबाट बनेको सरकार वैध हुन सक्दैन। यसकारण निर्वाचन आयोगले योग्य, तटस्थ र गाउँपाखासमेत पुग्ने गरी पर्यबेक्षक परिचालन गर्नुपर्दछ।

निर्वाचन सुरक्षाः

निर्वाचनसँग सम्बन्धित व्यक्ति, निकाय, सामग्री तथा संरचनाको सुरक्षा गरी निर्वाचन कार्यलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउननिर्वाचनमा मतदान स्थल पूर्ण रुपमा सुरक्षित, सहज र व्यवस्थित बनाउने कार्य निर्वाचन सुरक्षा अन्तरगत पर्दछ।

सुरक्षा स्थितिको बारेमा राजनीतिक दल, उम्मेदवार वा सरोकारवालासँग अन्तरक्रिया गरी नियमित रुपमा अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य निर्वाचन सुरक्षा हो।राज्यको महापर्व, महाअभियानको रुपमा रहने आम निर्वाचनमा नागरिकले भयरहित र स्वतन्त्र रुपमा सक्षम र योग्य प्रतिनिधि छनौट गर्न पाउने अवस्थाको सृजना गर्नु र निर्वाचनमा उम्मेदवारहरुको सुरक्षा नै निर्वाचन सुरक्षा हो।

अन्तर्राष्ट्रिय सीमानासँग जोडिएका जिल्लाहरुमा सीमापारीबाट निर्वाचन बिथोल्न सक्ने गरी हुन सक्ने घुसपैठ एवं अवैध हातहतियार भित्रन सक्ने तर्फ सुरक्षा निकाय चनाखो हुनुपर्दछ। मतदान स्थलको सुरक्षा संवेदनशिलतालाई विश्लेषण गरी आवश्यक सुरक्षा प्रवन्ध गरिनु निर्वाचनको सफलताको लागि अत्यावश्यक र महत्वपूर्ण पक्ष हो।

जसमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न हुने रमतदान पछि मतपेटिका सुरक्षित तवरले मतगणना स्थलसम्म ल्याउने प्रबन्ध मिलाउने, सुरक्षित तवरले मतपेटिका भण्डारण गर्ने,मतगणना र परिणाम घोषणा पछि सम्मको अवस्थालाई मध्यनजर गरी गरिने सुरक्षा व्यवस्था चुस्त दुरुस्त हुनुपर्दछ।

सुरक्षाको कारणले निर्वाचनमा कुनै पनि किसिम अपठेरो र बाधा व्यवधान हुने अवस्थाको अन्त्य नै निर्वाचन सुरक्षा अन्तरगत पर्दछ। यो निर्वाचनको महत्वपूर्ण र प्रमुख तत्व हो।

स्रोत साधनको व्यवस्थापनः मानवीय तथा अन्य

निर्वाचन सफलताको लागि मानव संसाधन वा जनशक्ति व्यवस्थापन महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो।

जनशक्ति व्यवस्थापनले निर्वाचनमा खटिनेमानवीय साधनहरूको आवश्यकताको योजनालाई समेट्दछ।निर्वाचन संवेदनशिलतालाई मध्यनजर गर्दै सुरक्षार्थ खटिने जनशक्तिलाई समेत यसले समेट्दछ।

मानव श्रोत संवेदनशील जटिल र महँगो श्रोत हो तर यसको उचित परिचालन सम्भव भएकाले मानव श्रोतको क्षमताको अत्यधिक उपयोग गर्ने रणनीति तयार गर्न र प्रभावकारितामा वृद्धि गर्न तथा निष्पक्ष तरिकाबाट योग्य व्यक्तिलाई उपयुक्त तरिकाले परिचालन गर्न सक्नुपर्दछ।

जनशक्ति व्यवस्थापनले कर्मचारीलाई निर्वाचनको कार्य प्रकृति बारे जानकारी दिई कार्य वातावरण सँग परिचित र घुलमिल गराउने,कर्मचारीले सम्पादन गर्नु पर्ने काममा सहजता ल्याउन र मानसिक र शारीरिक सुरक्षा हुने किसिमको अवस्थाको प्रत्याभूति गर्नु पर्ने विषयहरू पर्दछन्।

निर्वाचनको सफलताको लागि मानवीय स्रोत साधन सँगसगै आर्थिक तथा भौतिक स्रोत साधनहरुको व्यवस्थापन अत्यावश्यक र महत्वपूर्ण पक्ष हो।

निर्वाचन सामाग्री, यातायातका साधनको कुशलतम र मितव्ययी प्रयोग र परिचालन, जनशक्तिको लागि दैनिक भत्ता, मतदान स्थलको व्यवस्थापन खर्च लगायतका आर्थिक स्रोतको मितव्ययी विनियोजन र पारदर्शि परिचालन एवं बस्तुनिष्ठ परीक्षणले निर्वाचनको विश्वसनियता र निष्पक्षता जनविश्वासको अभिबृद्धि हुन जान्छ। स्रोत साधन व्यवस्थापन निर्वाचन सफलताको लागि प्रमुख विषय हो।

अन्तमा,  लोकतन्त्रको प्राणको रुपमा रहेको आवधिक निर्वाचन स्वतन्त्र र निष्पक्ष तवरले सम्पन्न गर्नु हामी सवैको साझा दायित्व हो।

निर्वाचन स्वतन्त्र र स्वच्छ भएन भने जनताले अपेक्षा गरे बमोजिमको दल र सक्षम प्रतिनिधि चुनावमा पराजय हुने र जनमतको अपमान हुने खतरा हुन्छ। संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचन कोरा कल्पनामा सिमित हुनुका साथै विकास, शान्ति, सुशासन र समृद्धिको चाहाना गर्भमै तुहिने निश्चित हुन जान्छ। 

लेखकः विर बहादुर वि.क. (बिरु जाजरकोटी)Anchor (शाखा अधिकृत) उच्च अदालत, नेपालगंज इजलास

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.