|

काठमाडौं : डेंगुबाट आज एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक एकजनाको मृत्यु भएसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ।

हाल देशभरिका ७७ जिल्ला गरी ५१ हजार ४ सयभन्दा बढी डेंगुका बिरामी देखिएको जानकारी उनले दिए। बिरामीमध्ये सबैभन्दा बढी काठमाडौंमा १३ हजार ८३३ जना र ललितपुरमा ९ हजार ५४० जना रहेको डा अधिकारीले जानकारी दिए। भक्तपुरमा ५ हजार ५०४ जना डेंगुका बिरामी रहेका छन्।

डेंगुको संक्रमण फैलिएको चवालिसौँ हप्तामा आईपुग्दा वर्षा यामको अन्त्य र तापक्रम पनि घटेसँगै लामखुट्टेको संख्या पनि घट्दो क्रममा रहेकाले डेंगुको संक्रमण घट्न थालेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.