|

काठमाडौं : यतिवेला राजधानीको सिनामंगलस्थित पुरानोघर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’ नामक नाटक मञ्चन भइरहेको छ। राजकमल फकिरको निर्देशनमा बनेको सस्पेन्स थ्रिलर नाटक कात्तिक १६ देखि मञ्चन शुरु भएको हो। 

एन इस्पेक्टर कल्स सन् १९४५ मा पहिलो पटक मञ्चन भएको जेबी प्रिस्टलेद्वारा लिखित सोही नामको नाटकको नेपाली अनुवाद हो। जसलाई निर्देशक फकिरले नै अनुवाद गरेका हुन्। एन इन्स्पेक्टर कल्स फकिरको निर्देशनमा बनेको पहिलो नाटक हो। 

डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए पनि लेखिएको भने सन् १९४५ मा हो। नेपाली परिवेशमा सुहाउँदो गरी अनुवाद गरेर नाटक मञ्चन गरिएको हो। नेपालमा कमै देख्न पाइने डिटेक्टिभ थ्रिलर जनराको एन इन्स्पेक्टर कल्सलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्। 

यसअघि भदौ १७ गतेदेखि मञ्चन भएको नाटक कलाकारलाई डेंगु संक्रमण भएपछि बीचमै रोकिन पुगेको थियो। नाटकमा आभास अधिकारी, विजय ताम्राकार, शारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापालगायत कलाकारको अभिनय रहेको छ। नाटक मंसिर १२ गतेसम्म नियमित मञ्चन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.