|

काठमाडौं : नेपालमा कोभिड संक्रमण घट्दै गएका वेला बिहीबार जम्मा ५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो अवधिमा गरिएको १ हजार २५२ जनाको परीक्षणमा जम्मा ५ जना कोभिडका संक्रमित भेटिएका हुन्। 

यस्तै आज २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ४५३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। 

नेपालमा हाल कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.