|

काठमाडौं : पछिल्लो पुस्ताका रुचाइएका नायक प्रदीप खड्का र निर्माता तथा निर्देशक सन्तोष सेनले काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई समर्थन गरेका छन्।

बिहीवार नायक खड्काको टोलीले पुकार बमलाई भेटेर दलहरूबीच देखिएको सिन्डिकेट र मिलीभगतले जनतालाई चरम निरासा दिएको बताए। 'यो चङ्गुलबाट निस्किन भरपर्दो विकल्प निर्माण गर्न पुकारजीलाई शुभकामना छ'‚ नायक खड्काले भने। साथै खड्काले बमलाई समाजमा देखिएको भ्रष्टाचार र बेथिती अन्त्यको लागि भूमिका खेल्न सुझाए।

निर्माता सन्तोष सेनले कलाकारहरूले समाजमा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए। साथसाथै उम्मेदवार पुकार बमले प्रेमगीत ३ अन्तरराष्ट्रिय बजारमा पुर्‍याएर नेपाली चलचित्रको अन्तरराष्ट्रियकरणमा प्रदीप र सन्तोषको टोलीले खेलेको भूमिकाका लागि धन्यवाद दिए। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार रहेका बमले महानायक राजेश हमालदेखि विभिन्न कलाकारले समर्थन गरेका छन्।

पुकार बाहेक प्रदीपले नवलपरासीबाट प्रतिनिधिसभा सदस्यमा उठ्न लागेका अर्बपति विनाेद चाैधरी र काठमाडाैँबाटै उठ्न लागेका गगन थापाकाे समर्थनमा पनि खुलेर बाेलेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.