|

जुम्ला : जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना हुँदा मतदान अधिकृत, सहायक मतदान अधिकृत‚ कार्यालय सहयोगी र ३ जना प्रहरी घाइते भएका छन्। 

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।

निरीक्षक जोशीका अनुसार दुर्घटनामा निर्वाचनमा खटिएका सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने‚ हरिप्रसाद देवकोटा र कार्यालय सहयोगी अंगराज गिरीसहित ६ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार उक्त जिपमा ८ जनाको टोली थियो। दुईजना सकुशल रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.