|

जुम्ला : जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनाका घाइतेको संख्या ८ पुगेको छ। तीमध्ये ३ जना सिकिस्त रहेका छन्।

निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।

घाइते हुनेमा अंगराज  गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र बिष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागाई, सिताराम दराई, सुरेश कार्की  छन्।

उनीहरू सबैको  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रतिष्ठानका वरिष्ठ प्रशासकिय अधिकृत  द्वन्द्वबहादुर शाहीका अनुसार अंगराज गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्दको अवस्था गम्भीर  रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.