|

काठमाडौं : वर्षा सकिएर सुक्खा मौसम लागे पनि मेलम्चीको पानी राजधानीमा नआउँदा काठमाडौं उपत्यकामा खानेपानीको अभाव बढ्न थालेको छ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्क्स निर्माण नसकिएकाले बर्खामा सुरुङको ढोका बन्द गरिन्छ र पानी आउँदैन। 

विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो। यसपटक बाढी आउने अघिल्लो दिन सुरुङ बन्द गरिएकाले सुरुङभित्र क्षति हुन पाएको थिएन।

वर्षायाममा बन्द गरिएको मेलम्चीको मुहानमा बुधबारबाट माटो र ढुङ्गा पन्छाउने काम थालिएको छ। यो काम सक्न कम्तीमा पनि दुई हप्ता लाग्ने बताइएको छ। अहिले ६ वटा एक्स्काभेटर र ६ वटा टिपर लगाएर लगातार काम भइरहेको छ।

गोरखापत्रको सहयोगमा केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.