|

निजी रूपमा विकसित पहिलो भारतीय रकेट शुक्रबार वायुमण्डलको माथिल्लो भागमा प्रक्षेपण गरिएको छ।

भारतका लागि प्रमुख अन्तरिक्ष शक्ति बन्ने प्रयासमा यो अर्को कोसेढुङ्गा भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को प्रत्यक्ष भिडियोअनुसार आधा टनको विक्रम–एस रकेट स्थानीय समयअनुसार मध्याह्नअघि नै प्रक्षेपण गरिएको थियो।

एजेन्सीका अनुसार ६ मिनेटपछि उक्त रकेट सकुशल समुद्रमा खसेको थियो। स्थानीय ‘स्टार्टअप स्काइरुट एयरोस्पेस’ले विकास गरेको यो रकेट पृथ्वीलाई बाह्य अन्तरिक्षबाट छुट्याउने अन्तर्राष्ट्रिय मान्यता प्राप्त १०० किलोमिटरको कर्मन रेखाभन्दा ९० किलोमिटर (५५ माइल) को उचाइमा पुगेको थियो।

'यो वास्तवमै भारतको अन्तरिक्ष कार्यक्रमको यात्रामा नयाँ सुरुवात हो, नयाँ बिहानी हो', विज्ञानमन्त्री जितेन्द्र सिंहले श्रीहरिकोटाको दक्षिणी टापुमा रकेट प्रक्षेपण सुविधामा उत्साही प्राविधिकहरूको भीडसँग प्रक्षेपणपछि भने।

‘स्टार्ट’ नाम दिइएको पहिलो विक्रम–एस मिसनको पूर्वसन्ध्यामा सरकारले बिहीबार रकेट ‘कार्बन कम्पोजिट स्ट्रक्चर र थ्रीडी प्रिन्टेड कम्पोनेन्ट्स’का साथ एकल मञ्च सिंगल स्टेज, सोलिड फ्युल रकेट निर्माण गरिएको हो।

भारतले हालैका वर्षमा आफ्नो अन्तरिक्ष कार्यक्रमलाई बढावा दिइरहेको छ, जसमा सन् २०२३ वा २०२४ का लागि रूसी सहयोगमा एक मानवसहितको रकेट निर्माण पनि समावेश छ। भारतको क्षमता र महत्त्वाकाङ्क्षा बढेको यसको रकेट र पृथ्वीभन्दा बाहिरी ग्रहको अभियानको सफलताले उजागर गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.