|

मनाङ : हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन्। यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता छन्।

नार्पाभूमि गापाका तीन मतदान केन्द्र र चामे गापाको एउटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए। मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उनको भनाइ छ। 

चामे-५ स्थित वडा कार्यालय भवन केन्द्रमा ९६ मतदाता छन्। शर्माका अनुसार नार्पाभूमि-१ नारगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा ९६, फु आधारभूत विद्यालय मतदान केन्द्रमा ७८ र नार्पाभूमि-५ फुगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा सबैभन्दा कम ७१ मतदाता छन्। 

मनाङको मनाङ ङिस्याङ गापामा तीन हजार ६८७, चामे गापामा ७७७, नार्पाभूमि गापामा ४६८ र नासों गापामा तीन हजार ६४७ मतदाता छन्। 

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ६ हजार ७७९ मतदाता छन्। जसमा प्रदेशसभा १ मा दुई हजार ६२४ मतदाता र प्रदेशसभा २ मा चार हजार १५५ मतदाता छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.