|

माधव बेल्वासे

चन्द्रौटा : पदीय मर्यादाविपरीत काम गरेको भन्दै कपिलवस्तुका एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।

निर्वाचन अधिकृतको कार्यालय, चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो। पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो। पन्थीले निर्वाचन कार्य सम्पादन गर्दा नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतको जिम्मेवारीबाट पदमुक्त गरिएको मरासिनीले बताए।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्देशिका २०७९ दफा ८३ (१) बमोजिम पन्थीलाई पदमुक्त गरिएको उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत मरासिनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.