|
फाइल तस्वीर

काठमाडौं : अभिनेता राजेश हमालले राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन्। आइतबार प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्दै हमालले आफू राजनीतिमा प्रवेश गर्न सक्ने संकेत गरेका हुन्।

लैनचौरस्थित जननाथ स्मृति माविबाट मतदान गरका हमालले आगामी निर्वाचनमा आफूलाई उम्मेदवारको रुपमा देखिने बताएका हुन्। अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगरेका हमाल केही समयअघि राजनीतिमा प्रवेश गर्न लागेको चर्चा चलेको थियो। जसको उनले खण्डन पनि गरेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.