|

विराटनगर : विराटनगरका मतदाताहरूले स्थानीय तहको निर्वाचन जस्तो यो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साह नभएको बताएका छन्। मतदाताको चाप नभएकै कारण सहजै मतदान गर्न पाएको मतदाताहरूले बताएका हुन्।

‘वैशाखमा जस्तो  भीड नै छैन,’मुस्कुराउँदै रुक्मिणी अधिकारीले सुनाइन।  तीनटोलीया विराटनगरकि ६५ वर्षीय  रुक्मिणीलाई मतदाताको चाप नहुँदा भोट खसाल्न सहज भएको बताइन्।

स्थानीय निर्वाचनमा जस्तो उत्साहजनक नभएको अनुभव सुनाउँदै उनले भनिन,‘वैशाखमा त कति लाइन थियो, आज त खासै मान्छे रहेनछ लाइनमा धेरै उभिन परेन।’

१७ वर्षको उमेरदेखि भोट खसाल्दै आएको उनीसँग अनुभव छ। विगतका दिनहरूमा भन्दा मतदानस्थलमा व्यवस्थापनको पाटो सहज भएकाले  आफूले रुचाएको उम्मेदवारलाई भोट खसाल्न खासै असहज नभएको बताइन्। तर, विगतमा जस्तो मतदाताहरूमा उत्साह घट्दै गएको उनी बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.