|

चन्द्रौटा : कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। बिहान ७ बजे देखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए।

सबै ठाउँको विवरण आउने क्रम रहेकोले अझै केही बढ्न सक्ने उनले बताए। मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।

जिल्लाको क्षेत्र नं १ को वाणगंगा मावि जगेहेडा, क्षेत्र नं २ को कपिलवस्तु नगरपालिका सभाहल तौलिहवा र क्षेत्र नं ३ को राष्ट्रिय मावि चन्द्रौटामा मतगणना हुने जनाइएको छ।  

जिल्लामा २३५ मतदान स्थलमा ४७३ मतदान केन्द्र कायम गरिएको थियो। सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील र बाँकीलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको थियो। जिल्लामा ३ लाख ७८ हजार २३२ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.