|

नागाल्याण्डको मोनमा जिल्ला कारागारबाट शनिबार नौ जना कैदीहरू भागेका छन्। अहिले भगुवा कैदीहरूको व्यापक खोजी अभियान सुरु गरिएको छ।

उप–विभागीय प्रहरी अधिकारी अपोङ यिमले फोनमा एएनआईलाई बताएअनुसार मोन जिल्ला कारागारका नौ कैदीहरू शनिबार बिहान जेलबाट भागेको र अहिले व्यापक खोजी अभियान जारी छ।

 प्रहरीका अनुसार नौ कैदीमध्ये दुई जना सजाय पाएका र सात जना पुर्पक्षका लागि थुनामा राखिएका कैदी रहेका थिए। उनीहरू जेलको फलामको ढोका र हतकडीको ताला तोडेर फरार भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.