मुस्ताङ : आइतबार भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ।
एउटै मात्र क्षेत्र रहेको मुस्ताङको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका योगेश गौचन थकालीले एक हजार ६८ मतसहित अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन ८०७ मतसहित पछयाएका छन्।
त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले १२ मत प्राप्त गरेका छन्। ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।